२४ जेठ २०८३, आइतबार

अन्ततः कांग्रेससहित यी दल सरकार बाहिर

अन्ततः कांग्रेससहित यी दल सरकार बाहिर

नेपाली कांग्रेस सरकारमा रहने आम अनुमानका बीच नाटकीय ढंगले प्रतिपक्षमा पुगेको छ । नयाँ समीकरणपछि कांग्रेससहित यसअघिको सत्ता गठबन्धनमै रहेको नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा  सरकार बाहिर हुने भएका छन् । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि  सरकार बाहिर रहने भएको छ । 

आमनिर्वाचनमा पहिलो शक्ति बने पनि नेपाली कांग्रेसले अन्य दलहरूसँग सहमति जुटाउन नसक्दा प्रतिपक्षमा बस्न बाध्य भएको हो । यस्तै नेपाल मजदुर किसान पार्टी भने सदाबाहर प्रतिपक्षीको रुपमा रहँदै आएको छ । 
नेकपा एमालेसहितको दलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेसँगै यसअघिको कांग्रेस नेतृत्वको गठबन्धन विघटन भएर नयाँ समीकरण बनेको हो।  
 

salt training

कमेन्ट गर्नुहोस्