२४ जेठ २०८३, आइतबार

चीन र पाकिस्तान सीमामा भारतले प्रलय क्षेप्यास्त्र राख्ने

पुस ११, २०७९
चीन र पाकिस्तान सीमामा भारतले प्रलय क्षेप्यास्त्र राख्ने

चीनसँग सीमा विवाद तथा पाकिस्तानसँग तनावग्रस्त सम्बन्ध रहेको भारतले सीमा बलियो बनाउनका लागि अनेकौं कदम चालिरहेको छ । 

त्यसक्रममा भारतको रक्षा मन्त्रालयले भारतीय सशस्त्र बलका लागि १२० वटा प्रलय ब्यालिस्टिक क्षेप्यास्त्रको खरिदलाई स्वीकृति दिने भएको छ । यी क्षेप्यास्त्रहरूलाई चीन र पाकिस्तान सीमामा तैनाथ गर्नेछ । 

यी क्षेप्यास्त्रहरूले १५० देखि ५०० किलोमिटरसम्मका लक्ष्यलाई निशाना बनाउन सक्छन् । शत्रुले इन्टरसेप्टर क्षेप्यास्त्रमार्फत यी क्षेप्यास्त्रहरूलाई पत्ता लगाउन मुश्किल छ । 

भारतीय समाचार संस्था एएनआईले दिएको खबरअनुसार, भारतले सामरिक भूमिकाहरूमा ब्यासलस्टिक क्षेप्यास्त्रको उपयोगलाई अनुमति दिने नीति बनाइसकेको छ । चीन र पाकिस्तान दुवैसँग सामरिक उपयोगका लागि ब्यालिस्टिक क्षेप्यास्त्र छन् । 

रक्षा अनुसन्धान एवं विकास संगठन डीआरडीओले बनाएको यस क्षेप्यास्त्रलाई थप धारिलो बनाइएको भारतीय सञ्चारमाध्यमहरूले खबर दिएका छन् । सेनाले चाहेमा क्षेप्यास्त्रको दायरा थप बढाउन सकिनेछ । 

यो क्षेप्यास्त्र प्रणाली सन् २०१५ तिरबाट विकसित गर्न शुरू गरिएको थियो । सन् २०२१ को डिसेम्बर २१ र २२ मा यस क्षेप्यास्त्रको सफल परीक्षण पनि गरिएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्