
नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले प्रधानमन्त्री नियुक्त भएकोमा पुष्पकमल दाहाल प्रचण्डलाई बधाइ दिएका छन् । उनले सोमवार ट्वीट लेख्दै प्रचण्डलाई बधाइ दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डको कार्यकालमा नेपाल र अमेरिकाबीचको ७५ वर्षको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।
त्यसबाहेक, लोकतन्त्र, मानवअधिकार र आर्थिक वृद्धिमा नेपाल र अमेरिकाको सहकार्य हुने विश्वास पनि थम्पसनले व्यक्त गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आइतवार नेपालको प्रधानमन्त्री नियुक्त भएका थिए ।