२१ जेठ २०८३, बिहीबार
सरकार गठन

उपप्रधान तथा अर्थसहित सरकारमा एमालेको नेतृत्व विष्णु पौडेलले गर्ने

उपप्रधान तथा अर्थसहित सरकारमा एमालेको नेतृत्व विष्णु पौडेलले गर्ने

नेकपा एमालेका तर्फबाट सरकारमा उपाध्यक्ष विष्णु पौडेलले नेतृत्व गर्ने भएका छन् ।

प्रधानमन्त्री प्रचण्डलगत्तै एमालेबाट पौडेलसहित ४ जनाले शपथ लिने तय भएको हो । पौडेल उपप्रधान तथा अर्थमन्त्री बन्नेछन् ।

एमालेबाट राजेन्द्र राई, दामोदर भण्डारी र ज्वालाकुमारी शाह पनि मन्त्री बन्नेछन् । 

उनीहरूको मन्त्रालय टुंगो लागेको छैन ।

२०७२ सालमा ओली पहिलोपटक प्रधानमन्त्री रहेको समयमा पौडेलले ल्याएको बजेटको प्रशंसा भएको थियो ।

ओली दोस्रोपटक प्रधानमन्त्री रहेको समयमा पनि पौडेल अर्थमन्त्री बनेका थिए । त्यतिबेला पनि पौडेलले ल्याएको बजेटको प्रशंसा भएको थियो ।

पौडेल अर्थमन्त्री बन्ने संकेत मात्रले पनि सोमवार शेयर बजारमा सकारात्मक संकेत देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्