
नवगठित सरकारले सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई दिएको छ । मन्त्रिपरिषदको पहिलो बैठकले प्रवक्तामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रविलामिछानेलाई सो जिम्मेवारी दिने प्रस्ताव गरे पनि उनले अस्वीकार गरेपछि पौडेललाई जिम्मेवारी गएको हो ।
सरकारमा सहभागी एक मन्त्रीकाअनुसार सरकारले पूर्णता नपाएसम्म प्रवक्ताको जिम्मेवारी पौडेलले सम्हाल्ने छन् । सञ्चार, सूचना तथा प्रविधिमन्त्रीको जिम्मेवारीमा आएको मन्त्रीले पछि प्रवक्ताको जिम्मेवारी सम्हाल्नेछन् । नवगठित मन्त्रिपरिषदको सोमबार बसेको बैठकबारे मिडियालाई जानकारी पनि अर्थमन्त्री पौडेलले गराएका थिए ।