
ओटावा-क्रिमसको पूर्वसन्ध्यामा बसमा यात्रामा निस्किएको टोली चढेको बस दक्षिण ब्रिटिस कोलम्बियामा हिउँमा चिप्लिँदा चार जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते भएर अस्पताल भर्ना भएका छन् ।
हिउँ र असिना लगातार वर्षिदा अति चिप्लो भएको बिसी राजमार्गमा भएको बस दुर्घटनामा ज्यान गुमाएकाहरूको परिचय खुल्न नसकेकाले सनाखत हुन नसेको, परिचय खोज्न अनुसन्धान जारी रहेको, चालकसहित बसमा सवार यात्रीको सङ्ख्या यकिन नभएको क्यानडाको प्रान्तीय प्रहरीको पर्वतीय इकाइले विज्ञप्ति निकालेर बताएको छ ।
स्थानीय स्वास्थ्य प्राधिकरण र तीन वटा क्षेत्रीय अस्पतालमा कम्तीमा ५३ जना घाइतेको उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । हिउँ नै हिउँले ढाकिएको सडकको सतहमा दुर्घटनाग्रस्त बस निरन्तर छोपिइरहेको छ ।