१७ असार २०८३, बुधबार

प्रधानमन्त्री दाहालले भने, ‘अर्थतन्त्रको पुनरुत्थान सरकारको पहिलो प्राथमिकता’

प्रधानमन्त्री दाहालले भने, ‘अर्थतन्त्रको पुनरुत्थान सरकारको पहिलो प्राथमिकता’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारको पहिलो काम नेपाली अर्थतन्त्रको पुनरुत्थान गर्ने भएको बताएका छन् । नेपाल उद्योग बाणिज्य महासंघको पदाधिकारीसँग आज मंगलबार विहान भएको भेट तथा बधाई दिने कार्यक्रममा प्रधानमन्त्री दाहालले सो कुरा बताए ।

महासंघकाअनुसार नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्र जटिल समस्यामा फसेकाले त्यसको पुनस्र्थापनामा आफू केन्द्रित भएर लाग्ने प्रतिवद्धता जनाए । 

सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छा, पूर्व अध्यक्ष भवानी राणासहित महासंघका पदाधिकारी तथा सदस्यहरुले प्रधानमन्त्री दाहाललाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्