१८ असार २०८३, बिहीबार

अमेरिकामा हिउँसहितको तुफानका कारण ५० जनाको मृत्यु

पुस १२, २०७९
अमेरिकामा हिउँसहितको तुफानका कारण ५० जनाको मृत्यु

अमेरिकामा भयानक हिउँसहितको तुफान आएपछि परिस्थिति निकै गम्भीर बनेको छ । 

भयंकर हिमपातका कारण त्यहाँ ५० जनाको मृत्यु भइसकेको छ । कतिपय शहरमा विद्युत् आपूर्ति ठप्प छ । 

अनेकौं राज्यका सडकमा ५० इन्च हिउँ जमेको छ । 

मानिसहरूले अहिले प्रकृतिसँग युद्ध लड्नुपरिरहेको छ । राहत तथा उद्धारमा खटिएका अधिकारीहरूले निकै कठिनाइ बेहोर्नुपरेको छ । 

डिसेम्बर २२ देखि आएको तुफानका कारण न्युयोर्ककी गभर्नर क्याथी होचुलले संकटकाल घोषणा गर्न राष्ट्रपति जो बाइडनसँग अनुरोध गरेकी छन् । आर्कटिक तुफानका कारण पश्चिमी न्युयोर्कका मानिसलाई ठूलो समस्याको स्थिति छ । 

न्युयोर्क शहरमा मात्र २८ जनाको मृत्यु भइसकेको छ । बफलो वरपरको क्षेत्र सबभन्दा बढी प्रभावित छ । 

बफलोमा बस्ने होचुलले भनिन्, ‘यो कुनै युद्धग्रस्त क्षेत्र जस्तो देखिन्छ । स्थानीय बासिन्दाहरूले ज्यान जोखिममा रहेको स्थितिको सामना गरिरहेका छन् किनकि उद्धारका लागि उपयोग गरिएका गाडीहरू प्रभावित क्षेत्रमा पुग्नै सकिरहेका छैनन् । त्यस्ता गाडी आफैं हिउँमा फसेका छन् ।’

तुफानको कहर यो साताभरि रहने अनुमान गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्