०९ साउन २०८३, शनिबार

सलमान खुर्शीदले गरे राहुल गान्धीको तुलना भगवान् रामसँग

पुस १२, २०७९
सलमान खुर्शीदले गरे राहुल गान्धीको तुलना भगवान् रामसँग

भारतीय जनता पार्टीले पूर्व केन्द्रीय मन्त्री सलमान खुर्शीदको एक अभिव्यक्तिमा आपत्ति जनाएको छ । 

खुर्शीदले कांग्रेस नेता राहुल गान्धीको तुलना भगवान् रामसँग गरेपछि भाजपाले मंगलवार आपत्ति जनाएको हो । 

सोमवार मुरादाबादमा खुर्शीदले कांग्रेसको भारत जोडो यात्रा उत्तर प्रदेश नपुगेको विषयमा प्रश्नमा उत्तर दिने क्रममा राहुलको तुलना भगावन् रामसँग गरेका हुन् ।  

भाजपा प्रवक्ता गौरव भाटियाले पत्रकार सम्मेलन आयोजना गर्दै यस तुलनाबाट हिन्दू समाज मात्र नभई पूरा भारतकै भावना आहत भएको बताए । यस्तो दुस्साहसको जवाफ जनताले दिने उनको भनाइ छ । 

खुर्शीदले राहुललाई अतिमानव र योगी जस्ता शब्दले समेत प्रशंसा गरेका थिए । जाडो याममा सबैजना ज्याकेट लगाएर पनि काँपिरहेको बेलामा राहुल टीशर्टमा निस्केकोमा खुर्शीदले प्रशंसाको पुष्पगुच्छा चढाएका हुन् । 

त्यसक्रममा खुर्शीदले भने, ‘भगवान् रामको खराउ टाढासम्म पुग्छ । भरतले उहाँको खराउ टाउकोमा राखेर हिँड्नुभएको थियो । त्यसैगरी हामी खराउ लिएर उत्तर प्रदेश गएका छौं । रामजी पनि पुग्नुहुनेछ । यो हाम्रो विश्वास हो ।’

भाजपा प्रवक्ताले खुर्शीदको बयानलाई चाटुकारिताको पराकाष्ठा भनेका छन् । उनले थपे, ‘हामी सबैका आराध्यदेव भगवान् श्रीरामको तुलना भ्रष्टाचारको आरोपमा धरौटीमा रिहा भएको व्यक्तिसँग गर्नुले कांग्रेस नेताहरू चाटुकारिताबाहेक केही गर्दैनन् भन्ने कुरा प्रमाणित गरेको छ ।’ 
 

salt training

कमेन्ट गर्नुहोस्