१५ असार २०८३, सोमबार

चोरी गरेको मोटरसाइकल सहित दुई जना पक्राउ

चोरी गरेको मोटरसाइकल सहित दुई जना पक्राउ

चोरी गरेको मोटरसाइकल सहित २ जनालाई काठमाडौं बौद्धबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर झुरझुरे गाँउपालिका-४ घर भई काठमाडौं जोरपाटी बस्ने २३ वर्षीय करण बोम्जन र मकवानपुर बागमती गाँउपालिका-४ घर भई हाल काठमाडौं गोठाटार बस्ने २६ वर्षीय नविन लोप्चन रहेका छन् ।

काठमाडौं जोरपाटीबाट हराएको प्रदेश ३-०२-००९ प ४९ ०९ नम्बरको मोटरसाइकलमा नम्बर परिवर्तन गरी चलाइरहेको अवस्थामा फेला पारी उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । 

उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्