२२ जेठ २०८३, शुक्रबार

आफैँ बसेको जेल निरीक्षणमा मुख्यमन्त्री पुग्दा...

आफैँ बसेको जेल निरीक्षणमा मुख्यमन्त्री पुग्दा...

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मङ्गलबार कास्की कारागार पुगे ।विगतमा दुई पटक राजनीतिक बन्दीका रुपमा बिताएका उनी अहिले मुख्यमन्त्रीको हैसियतमा कारागार निरीक्षणका क्रममा त्यहाँ पुगेका हुन् ।

मुख्यमन्त्री पोखरेलले विसं २०३५ मा एक महिना र २०३६ मा साढे आठ महिना सोही कारागारमा बिताएका थिए । कार्यालय छेउमै भएर पनि समयको तारतम्मे नमिल्दा मुख्यमन्त्री भएपछि बल्ल कारागार छिर्न पाएको उनले बताए। “सासंद भए, प्रतिपक्षी दलको नेता भएँ, मुख्यमन्त्री नै भए तर कुनै बेला आफैँ बसेको कारागार आउन सकिरहेको थिइनँ, आज निरीक्षण गर्ने अवसर मिल्यो”, मुख्यमन्त्री पोखरेलले भने, “उबेलाको भन्दा तुलनात्मक रुपमा कारागारमा धेरै सुधार भएको मैल पाएँ ।”

उनले विसं २०४२ तिर नवलपरासी जेलमा बस्दा त्यहाँ भागेका दुर्दशा पनि सुनाए । “त्योबेला जेलभित्र शौचालय थिएन, राति बाल्टिनमा शौच गरेर बिहान उज्यालो भएपछि फाल्नुपर्ने अवस्था थियो”, उनले विगत सम्झिए । 

मुलुकको प्रधानमन्त्री, मन्त्री भइसकेका अधिकांश नेता जीवनको कुनै न कुनै समयमा जेल बसेको भन्दै उनले त्यहाँबाट निस्केपछि भने जेलभित्रको कुरा बिर्सने गरेको बताए । पछिल्लो समय जेललाई सुधार गृहका रुपमा विकास गर्न पहल भए पनि सोचेजति प्रगति हुन नसकेको मुख्यमन्त्री पोखरेलको भनाइ छ ।  प्रदेश राजधानीमा रहेको कास्की कारागार तुलनात्मक रुपमा ठिक भए पनि पूर्ण नरहेको मुख्यमन्त्रीको बुझाइ छ । 

कारागार प्रशासन सङ्घ सरकार मातहात रहे पनि यसको स्तरवृद्धिका लागि प्रदेश सरकारले पनि हातेमालो गर्ने उनले उल्लेख गरे । निरीक्षणमा सहभागी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले कास्कीको मात्र नभएर देशैभरका कारागार जीर्ण र स्रोतसाधनको अभावबाट गुज्रेको बताए । 

पोखरा महानगरपालिका–७ पार्दीस्थित कारागारमा पुरुष चार सय र महिला २० गरी चार सय २० जनाको क्षमता छ । विसं २०२२ मा स्थापित कारागार १९ रोपनी क्षेत्रफलमा फैलिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्