१७ असार २०८३, बुधबार

महालक्ष्मी बैंकले गर्‍यो शाखामार्फत् सामाजिक सहयोग

महालक्ष्मी बैंकले गर्‍यो शाखामार्फत् सामाजिक सहयोग

“सबल बैंक, सफल सहकार्य” नारालाई आत्मसाथ गर्दै विगत २८ वर्षदेखि अनवरत रुपले वित्तीय सेवा प्रदान गर्दैआएको महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न शाखामार्फत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।  

बैंकको तुल्सिपुर शाखाद्वारा बेलझुन्डी दाङमा अवस्थित नेपाल संस्कृत विश्वविद्यालयलाई ल्यापटप र प्रिन्टर सहयोग गरेको छ । नेपालमा संस्कृत शिक्षालाई सर्वसुलभ, संस्कृत वाङ्मयभित्रका आध्यात्मिक मूल्य मान्यतालाई समयको मागअनुरुप प्रवाहित गराउन सकोस् भनेर सो सहयोग गरिएको बैंकले जनाएको छ ।

त्यस्तै, बैंकको लालबन्दी शाखाले राधाकृष्ण मन्दिर भागवतधाम धर्मशालाका लागि आवश्यक टेबल र कुर्सी सहयोग प्रदान गरेको छ । धर्मशालामा अध्यनरत विद्यार्थीको अध्यापनमा थप टेवा पुगोस् भन्ने हेतुले बैंकले उक्त सहयोग प्रदान गरेको जनाएको छ ।

बैंकको मनहरी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री राष्ट्रिय रोटरी माध्यमिक विद्यालयलाई ट्राफिक सचेतना सम्बन्धि होडिङ बोर्ड हस्तान्तरण गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरु राजमार्गबाट आवतजावत गर्ने हुँदा दुर्घटनाको जोखिम न्यूनीकरण होस् भन्ने उद्देश्यले बैंकले सो होडिङ बोर्ड विद्यालयलाई प्रदान गरेको बताएको छ । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने बैंकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्