१५ असार २०८३, सोमबार

बाढीका कारण झापामा थप एकजनाको मृत्यु, चारजना अझै बेपत्ता

कात्तिक २०, २०७४
बाढीका कारण झापामा थप एकजनाको मृत्यु, चारजना अझै बेपत्ता

झापा, ३२ साउन– झापामा बाढीका कारण थप एक जनाको मृत्यु भएको छ । कन्काई नदीले बगाउँदा शिवसताक्षी नगरपालिका–७ की १७ वर्षीया निमा तामाङको मृत्यु भएको हो ।

योसँगै झापामा बाढीका कारण मृत्यु हुनेको संख्या १२ जना पुगेको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ । बेपत्ता भएका चारजना अझै सम्पर्कमा आउन नसकेको कार्यालयले जनाएको छ ।

रेडक्रस झापाले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार जिल्लाका १३ स्थानीय तहका दुई हजार ५२४ परिवार प्रभावित भएका छन् भने दुई हजार ४४४ परिवार विस्थापित भएका छन् । यहाँका १२१ घर पूर्णरुपमा क्षति भएका छन् ।

हालसम्म बाढीपीडितलाई केही त्रिपाल, कम्बल, झुल, म्याट र भाँडावर्तन उपलब्ध गराइएको रेडक्रस झापाका अभिषेक पोखरेलले जानकारी दिनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्