
काठमाडौं, ३२ साउन – चलचित्र ‘देश खोज्दै जाँदा’ मस्टर्डसिड अन्तर्राष्ट्रय फिल्म फेस्टिबलका लागि छनोटमा परेको छ । नेपालीभाषी भुटानी शरणार्थीको कथामा बनेको चलचित्र अमेरिकाको पेन्सलभिनियास्थित फिलाडेल्फिया सिटीमा हुने तीन दिने फेस्टिभलका लागि छनोट भएको हो ।
भदौ ८ देखि प्रदर्शन हुन लागेको चलचित्रलाई प्रकाश आङदेम्बेले निर्देशन गरेका हुन् । चलचित्रमा बाबु बोगटी, अरुणा कार्की, हेमन्त बुढाथोकी, मिना कोइराला, सरिता ओली, शिवशंकर थापा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा उपेन्द्र सुब्बाका पटकथा र सञ्जय लामाको छायांकन रहेको छ ।
यसअघि पनि चलचित्रले दिकर्निस कलेज अफदि आर्टस वासिङटन–अमेरिका, युनिभर्सिटी अफतास्मानीया–अष्ट्रेलिया, दबार्टन सेनियर कलेज साउथ अष्ट्रेलिया, बफेलो स्टेट युनिभर्सिटी– दिअन्ने फ्रांकप्रोजेक्ट २०१५–न्युयोर्क, स्यामुल मेरिट युनिभर्सिटी, क्यालिफोर्निया, सोफिएन्डल स्कोल सोफिएन्डलवेज–डेन्मार्क, विन्डसेइम अनर्स कलेज ज्वले–नेदरल्यान्ड, बर्चफिल पेन्नी आर्ट सेन्टर–दिअन्ने फ्रांक प्रोजेक्ट २०१७ न्युयोर्क जस्ता युनिभर्सिटी र फिल्म फेस्टिवलहरुमा सहभागिता जनाइएको छ ।