२२ जेठ २०८३, शुक्रबार

दक्षिण कोरियाको हवाईक्षेत्रमा उत्तरका ड्रोनहरू, दक्षिणको सेना हेरेको हेर्‍यै

पुस १३, २०७९
दक्षिण कोरियाको हवाईक्षेत्रमा उत्तरका ड्रोनहरू, दक्षिणको सेना हेरेको हेर्‍यै
Reuters

उत्तर कोरियाका ड्रोनहरू सोमवार दक्षिण कोरियाको हवाईक्षेत्रमा प्रवेश गरेपछि दुई छिमेकीबीचको तनाव चर्किएको छ । 

सन् २०१७ पछि उत्तरले पहिलोपटक यसरी दक्षिणको हवाईक्षेत्रमा ड्रोन उडाउँदा शुरूमा त त्यहाँको सेनाले पत्तै पाएन । त्यसको व्यापक आलोचना भएपछि राष्ट्रपति यून सुक–योलले विशेष ड्रोन इकाइ बनाउनका लागि द्रुत गतिमा योजना बनाउने निर्णय मन्त्रिपरिषद्ले लिएको जानकारी दिएका छन् । 

उत्तरका पाँचवटा ड्रोन दक्षिणमा पसेपछि दक्षिणले तिनीहरूलाई खसाउन लडाकू विमान र अट्याक हेलिकप्टर उपयोग गरेको थियो । 

ड्रोनहरू स्थानीय समयअनुसार बिहान १०ः२५ मा पहिलोपटक देखिएका थिए । 

पहिलोपटक उत्तरपश्चिमी शहर गिम्पोमा देखिएका ड्रोनहरू राजधानी सौल लगायत अनेकौं शहरमा उडेका थिए । 

थाहा पाएपछि दक्षिणको सेनाले चेतावनीका लागि गोली चलाएको थियो । मशिनगन जडिएको हेलिकप्टरले १०० राउन्ड गोली चलाएको भए पनि कुनै पनि ड्रोन झार्न सकेन । 

दक्षिणको सेनाले बृहत्तर सौल क्षेत्रमा एउटा ड्रोनलाई पछ्याएको भए पनि नागरिक सुरक्षाको चिन्ताका कारण त्यसमा आक्रमण नगरेको बताएको छ । 

सेनाले उत्तरको ड्रोनलाई खसाउन नसकेको विषयमा राष्ट्रपति यूनले चिन्ता व्यक्त गरेका छन् । उत्तरको आणविक तथा क्षेप्यास्त्र जोखिमको सामना गर्न खोजिरहेको दक्षिणलाई पछिल्लो घटनाक्रमले लज्जान्वित बनाएको छ । 

पछि दक्षिणको सेनाले उत्तर कोरियाका ड्रोन खसाउन नसकेकोमा माफी मागेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्