०५ साउन २०८३, मंगलबार

प्रतितोला एक लाख एक हजार १०० पुग्यो सुनको मूल्य

प्रतितोला एक लाख एक हजार १०० पुग्यो सुनको मूल्य

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार एक सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख सात सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु चार सयले बढेको हो  । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख छ सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख दुई सय थियो । 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १० ले बढेर प्रतितोला रु एक हजार चार सय पुगेको महासङ्घले जनाएको छ ।  महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार आठ सय ११ दशमलव छ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्