२५ असार २०८३, बिहीबार

लुम्बिनी प्रदेशसभा सदस्यको शपथ पुस १६ गते हुने

लुम्बिनी प्रदेशसभा सदस्यको शपथ पुस १६ गते हुने

लुम्बिनी प्रदेश सरकारको बुधवार बसेको मन्त्रिपरिषद्ले लुम्बिनी प्रदेश सभाका सदस्यहरूलाई पुस १६ गते शपथ गराउनका लागि सरकारको तर्फबाट प्रदेश प्रमुखलाई सिफारिस गरेको छ ।

मुख्यमन्त्री कूलप्रसाद केसीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सभाका सदस्यको शपथ ग्रहणका लागि १६ गते र प्रदेश अधिवेशन १८ गते बोलाउने निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला, कानून तथा सञ्चारमन्त्री तिलकराम शर्माले जानकारी दिए ।

प्रवक्ता शर्माले लुम्बिनी प्रदेशको पूर्व सिमाना नवलपरासीमा स्वागतद्वार निर्माण गर्नका लागि स्थानीय तहलाई अनुरोध गरेका छन् । 

लुम्बिनी प्रदेशका सदस्यहरूलाई पहिलोपटक आफ्नो भवन प्रदेशसभा भवन देउखुरी दाङमा नै शपथ गराउने गरी तयार गरेको छ । लुम्बिनी प्रदेश सरकारले स्थायी मुकाम राप्ती उपत्यका देउखुरी, दाङबाट सञ्चालन गरिसकेको छ भने प्रदेशसभा पनि आफ्नै नयाँ भवनबाट सञ्चालन गरेको तयारी भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्