०२ साउन २०८३, शनिबार

सरकारमा सहभागिताबारे सुझाव लिन एकीकृत समाजवादीको भर्चुअल बैठक

सरकारमा सहभागिताबारे सुझाव लिन एकीकृत समाजवादीको भर्चुअल बैठक

नेकपा एकीकृत समाजवादी (एस) पार्टीले सरकारमा सहभागिताको विषयमा जिल्ला अध्यक्षसम्मका नेताहरूको सुझाव लिन भर्चुअल बैठक गरिरहेको छ । 

बैठकमा केन्द्रीय कमिटीका सदस्यदेखि जिल्ला अध्यक्षसम्मका नेताहरू सहभागी भएको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादीलाई सरकारमा सहभागी हुन आग्रह गरिरहेका छन् । 

प्रधानमन्त्री प्रचण्ड र माधवकुमार नेपालले बुधवार बिहान पनि भेटेर छलफल गरेका थिए । उनीहरूले हात्तिवनस्थित प्रचण्डका भान्जाको घरमा भेटवार्ता गरेका थिए । 

त्यसलगत्तै उपप्रधान एवं भौतिक योजना तथा यातायात व्यवस्थामन्त्री नारायणकाजी श्रेष्ठले पनि नेपालको घरमै गएर भेटवार्ता गरेका थिए । 

सरकारमा सहभागी हुने वा नहुने विषयमा बैठक बसेर मात्रै निर्णय लिन केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरूले माधवकुमार नेपाललाई दबाब दिएपछि बुधवार भर्चुअल बैठक आयोजना गरिएको एकीकृत समाजवादीका एक केन्द्रीय सदस्यले जानकारी दिए । 

दिउँसो २ बजेबाट शुरू भएको बैठकमा पार्टीका पदाधिकारीहरू पार्टी कार्यालयबाट र अन्य नेताहरू आफू रहेको ठाउँबाट भर्चुअल बैठकमा सहभागी भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्