१७ असार २०८३, बुधबार

कांग्रेसमा अन्तर्घात गर्नेको उजुरी पठाउने मिति माघ १५ गतेसम्म

कांग्रेसमा अन्तर्घात गर्नेको उजुरी पठाउने मिति माघ १५ गतेसम्म

नेपाली कांग्रेसले निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गर्नेको उजुरी केन्द्रमा पठाउने मिति आगामी माघ १५ गतेसम्म निर्धारण गरेको छ ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अन्तर्घात गर्नेको उजुरी पठाउने समय यसअघि पुस १५ गतेसम्म निर्धारण गरेकोमा पार्टीका स्थानीय तहबाट म्याद थप्नुपर्ने सिफारिस बमोजिम सो अवधि थप गरिएको पार्टी कार्यालयले बुधवार जनाएको छ ।

कांग्रेसले निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गर्नेको उजुरी प्रदेश एवं जिल्ला अनुशासन समितिबाट निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउन पत्राचार गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्