
लुम्बिनी प्रदेश सभाको अधिवेशन पुस १८ गते शुरू हुने भएको छ ।
बुधवार प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम दिउँसो १ बजे प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन् ।
अधिवेशन लुम्बिनीको राजधानी दाङको देउखुरीमा बोलाइएको विज्ञप्तिमार्फत जानकारी दिइएको छ । यसअघि बुटवलमा बस्दै आएको प्रदेशसभा सरेपछि पहिलोपटक देउखुरीमा अधिवेशन हुन लागेको हो ।
लुम्बिनी प्रदेशमा प्रत्यक्षका ५२ र समानुपातिकका ३५ गरी ८७ सदस्य छन् ।