१६ असार २०८३, मंगलबार

अपाङ्गतामैत्री कानुन बनाउन सांसदहरुसँग माग

अपाङ्गतामैत्री कानुन बनाउन सांसदहरुसँग माग

नवनिर्वाचित सांसद्हरूलाई अपाङ्गता भएका व्यक्तिहरूले आफूहरुको प्रतिनिधित्व संसदमा हुन नसकेको भन्दै गुनासो गरेका छन् । काठमाडौंमा नेत्रहिन युवा संघ नेपालद्वारा आयोजित  कार्यक्रममा उनीहरुले सो गुनासो गरेका हुन् ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र जनमत पार्टी लगायतका २६ जना सांसद्हरूको उपस्थितिमा आयोजित कार्यक्रममा सबै दलहरूसँग अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक सहभागिताका लागि भूमिका खेल्न आग्रह गरे । 

संविधानमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्वको सुनिश्चित गरे पनि प्राविधिक समस्याका कारण संसदमा प्रतिनिधित्व हुन नसकेको जनाएका थिए । आगामी दिनमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि आफूहरु लाग्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका भातृ तथा शुवेच्छुक संघ संस्थाका प्रतिनिधिहरू तथा अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता थियो । देशमा सम्पन्न तीनै तहको निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरूको उल्लेख्य सहयोग र सहभागीता रहेको भए पनि विद्यमान कानुनी प्रावधानका कारण अपाङ्गता भएका व्यक्तिहरूले निर्वाचन प्रक्रियामा भाग लिन नपाएकोमा गुनासो गरेका थिए ।

अपाङ्गतामैत्री कानुनी व्यवस्था नहुँदा अझ सक्रिय रूपमा अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता हुन नसकेको उनीहरुले बताए । दृष्टिविहीनहरूको हकमा आफ्नो इच्छाइएको व्यक्तिलाई मतदान सहयोगीको रूपमा राख्न नपाउँदा आफ्नो अधिकारको सदुपयोग गर्न नसकेको बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्