११ असार २०८३, बिहीबार

महिलाको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

महिलाको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जालमा साथी बनाई अश्लील हर्कत गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रवक्ता तथा सुचना अधिकारी पशुपतिकुमार रायका अनुसार ती व्यक्तिले महिलाको टाउको नग्न शरीरमा जोडी व्ल्याकमेलिङगर्दैआएका थिए । पीडितको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका ९ बस्ने २५ वर्षीय सुमन त्यौछिन रहेका छन् । उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमतिका आधारमा पक्राउ गरी छानविनका लागि सात दिनको म्याद लिइएको प्रहरी प्रवक्ताले बताए । उनलाई बुधबार भक्तपुरबाट प्रहरीले पक्राउ गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्