१२ असार २०८३, शुक्रबार

मापसे गरेर टाटासुमो चलाएको आरोपमा एक चालक पक्राउ

मापसे गरेर टाटासुमो चलाएको आरोपमा एक चालक पक्राउ

मादक पदार्थ सेवन गरेर यात्रुबाहक सवारी चलाएको आरोपमा ट्राफिक प्रहरीले चालकलाई पक्राउ गरेको छ । मकवानपुर घर भएका टाटा सुमो चालक ४८ वर्षीय वीरेन्द्र कुमार लामालाई पक्राउ गरेर मुद्दा चलाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ना.१ ज ४४६५ नम्बरको भाडाको सुमो चालक लामाले मदिरा सेवन गरेर सवारी चलाएको आरोप छ । उनीबिरुद्ध सार्वजनिक हित बिरुद्धको कसुरमा प्रहरी वृत्त कीर्तिपुरले मुद्दा चलाएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले जानकारी दिए । 
लामालाई ४ दिन हिरातसमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्