०३ साउन २०८३, आइतबार

विवेकशील साझा पार्टीले समीक्षा भेला बोलायो

विवेकशील साझा पार्टीले समीक्षा भेला बोलायो

विवेकशील साझाले बदलिँदो राजनीतिक परिदृश्य, सम्भावना र नयाँ रणनीतिबारे समीक्षा गर्न यही पुस १५ र १६ गते तनहुँको बन्दीपुरमा समीक्षा बैठक गर्ने भएको छ।

प्रादेशिक हैसियतका पार्टीका अगुवा कार्यकर्ताहरू सम्मिलित समीक्षा बैठकमा निर्वाचन परिणाम, बदलिँदो राजनीतिक विकासक्रम, वैकल्पिक राजनीतिको आगामी स्पेश र सहकार्य, ध्रुवीकरणसम्मका विषयमा खुला छलफल हुने प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिए।

‘अगुवा साथीहरुसंग निर्ममताका साथ खुला छलफलको फोरमका रुपमा समीक्षा बैठकलाई डिजाइन गरिएको छ, सबै कोणबाट आफ्ना सुझाव, अनुभव र आगामी बाटोबारे  अगुवा साथीहरूले बहस गर्नु हुन्छ’ प्रवक्ता परियारले भने ।
 

salt training

कमेन्ट गर्नुहोस्