१७ असार २०८३, बुधबार
राजनीति

सरकारमा सहभागी हुन राप्रपा लचिलो, पुस २७ गते सार्वजनिक बिदा दिनुपर्ने शर्त

सरकारमा सहभागी हुन राप्रपा लचिलो, पुस २७ गते सार्वजनिक बिदा दिनुपर्ने शर्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेको राप्रपा सरकारमा सहभागी हुन राजी भएको छ । सरकारका न्यूनतम साझा कार्यक्रममा आफूहरूका एजेण्डा समेटिए सरकारमा सहभागी हुने राप्रपाले बताएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको सत्तारुढ चारदलको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले सरकारमा सहभागी हुन केही शर्त राखेका थिए । राप्रपाले पुस २७ गतेलाई पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको रुपमा मनाउँदै सार्वजनिक बिदा दिनुपर्नेलगायत शर्त राखेको छ । 

बालुवाटार बैठकपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सरकारमा सहभागिताका लागि राप्रपा लचिलो रहेको जानकारी दिए । ‘यो गठबन्धन उद्धेश्य प्राप्तिका लागि बनेको हो, सरकारका न्यूनतम साझा कार्यक्रम तयार भएपछि राप्रपा पनि सरकारमा सहभागी हुन लचिलो हुने संकेत अध्यक्षज्यूले गर्नुभएको छ’ लामिछानेले भने । 

प्रतिपक्षमा बसेर गुण दोषका आधारमा सरकारको समर्थन या विरोध गर्ने नीति लिएको राप्रपाले पछिल्लो बैठकमार्फत सरकारमा सहभागी हुने निर्णय गरेको थियो । राप्रपाको शर्तअनुसार पृथ्वीनारायण शाहको जन्मजयन्तिमा सार्वजनिक बिदा दिन प्रधानमन्त्री ‘प्रचण्ड’ सकारात्मक देखिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्