१५ असार २०८३, सोमबार

थापाथलीको सुकुम्बासी बस्ती हटाउन महानगरले गृहसँग माग्यो सहयोग

थापाथलीको सुकुम्बासी बस्ती हटाउन महानगरले गृहसँग माग्यो सहयोग
थापाथलीका सुकुम‍्बासीहरूकाे प्रदर्शन

काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने कार्यमा सहयोग गर्न गृह मन्त्रालयसँग सहयोग मागेको छ । महानगरपालिकाले गृहलाई पत्राचार गर्दै थापाथली क्षेत्रमा बनाइएको अनधिकृत संरचना हटाउने कार्यमा सहयोग गर्न आग्रह गरेको हो । 

महानगरपालिकाका प्रमुख प्रकाशकीय अधिकृत वसन्त अधिकारीले लेखेको पत्रमा भनिएको छ, ‘यस महानगर क्षेत्रभित्रका विभिन्न स्थानमा सार्वजनिक क्षेत्र अतिक्रमित गरी निर्माण गरिएका अनधिकृत संरचनाहरू हटाउने कार्य अभियानकै रूपमा अगाडि बढाउनुपर्ने देखिन्छ । जसको लागि तहाँमार्फत सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एवं समन्वय हुन अनुरोध गरिन्छ ।’

महानगरले थापाथलीस्थित बागमती नदी किनारमा अनाधिकृतरुपमा निर्माण भएका संरचनाहरु हटाउन पटक–पटक प्रयास भएको बताएको छ । महानगरले थापाथलीमा रहेका अनाधिकृत संरचना हटाई सौन्दर्यीकरणको कार्य तत्काल शुरु गर्ने कार्यक्रम रहेकोले सो संरचना हटाउन आवश्यक सहयोग एवं समन्वय गरिदिन गृहलाई आग्रह गरेको छ । 

महागरपालिकाले यसअघि थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउने प्रयास गरेको थियो । तर, सुकुम्बासीहरूले त्यसको प्रतिरोध गरेपछि महानगरपालिका पछाडि हटेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्