×

NMB BANK
NIC ASIA

गृहमा रविको एक्सन

मन्त्री रविकै गृह मन्त्रालयबाट सुधार : चिया पकाउने सहयोगीसहित ३१ सुरक्षाकर्मी फिर्ता

पुस १४, २०७९

NTC
Premier Steels

गृह मन्त्रालयका कर्मचारीहरूको सहयोगीका रूपमा खटिएका ३१ सुरक्षाकर्मी फिर्ता भएका छन् ।

Muktinath Bank

गृह मन्त्रालयले बुधवार ४८ घण्टाको समय दिएर सुरक्षाकर्मी फिर्ता गर्न निर्देशन दिएको थियो । यसरी फिर्ता भएका सुरक्षाकर्मीलाई गृहले प्रहरी प्रधान कार्यालयमा फिर्ता पठाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपश्चात मन्त्रालयका सहसचिवका ड्राइभर, चिया पकाउन खटिएका कार्यालय सहयोगीसहित ३१ सुरक्षाकर्मी फिर्ता भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

‘मन्त्रालयमा रहेका ३१ जना सुरक्षाकर्मी फिर्ता आएका छन्,’ प्रवक्ता राईले लोकान्तरसँग भने ।

Vianet communication

यसभन्दा अगाडि २०७७ सालमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलले निर्देशिका नै जारी गरेर सुरक्षाकर्मी फिर्ता बोलाएका थिए । तर त्यो बेलामा गृह मन्त्रालयमा रहेका सुरक्षाकर्मी फिर्ता भएका थिएनन् । 

सामान्यतया गृह मन्त्रालयका सुरक्षाकर्मी फर्काउने चलन थिएन तर यसपटक भने गृह मन्त्रालयले समेत नियमविपरीतका सुरक्षाकर्मी फिर्ता गरेको हो ।

प्रहरी प्रवक्ता डीआईजी राईका अनुसार अन्य पूर्वप्रहरी अधिकारी, पूर्व विशिष्टहरूका घरमा रहेका २६ जना गरी आज (बिहीवार)सम्म ५७ जना सुरक्षाकर्मी फिर्ता आइसकेका छन् । 

कतिपय सुरक्षाकर्मीहरू फिर्ता आउने क्रममा रहेको राईले बताए ।

प्रहरीले पूर्वविशिष्ट व्यक्तिहरूको सुरक्षाका लागि ६ सय ६१ जना सुरक्षाकर्मी खटाइएको छ ।

पूर्व सुरक्षाकर्मीको गुनासो

सुरक्षाकर्मी फिर्ता माग्दा कतिपयबाट गुनासो आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

‘पूर्व जर्साबहरूले गुनासो गर्नु भएको छ । तर मन्त्रालयले गरेको निर्णयमा हामी केही गर्न सक्दैनौं भनेका छौं,’ प्रहरी प्रधान कार्यालयका एक अधिकृतले लोकान्तरलाई बताए । 

यसभन्दा अगाडि पूर्वप्रहरी नायब उपरीक्षक (डीआईजी) र पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)ले पनि सुरक्षाकर्मी पाउने व्यवस्था थियो, तर २०७७ सालमा निर्देशिका बनाएर उनीहरूका सुरक्षाकर्मी फिर्ता बोलाइएको थियो ।   

फिर्ता पठाउँदैनन् पूर्व आईजीपीले लगेका सुरक्षाकर्मी 

पूर्वप्रहरी महानिरीक्षक (आईजीपी)ले ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि– २०७७’ अनुसार ४ वर्षका लागि १ जना प्रहरी हवल्दार र ४ जना प्रहरी जवान गरी ५ जना पाउने व्यवस्था छ । २ जना उनीहरूले आजीवन पाउने गर्छन् ।

तर पूर्व आईजीपीहरूले ४ वर्षपछि पनि ती सुरक्षाकर्मी फिर्ता पठाउन आनाकानी गर्ने गरेको प्रहरी स्रोतले लोकान्तरलाई बतायो ।

पूर्व गृहमन्त्रीले २ जना सुरक्षाकर्मी १० वर्षका लागि पाउने कार्यविधिमा व्यवस्था गरिएको छ । 

पूर्वमन्त्री र राज्यमन्त्रीले १/१ जना २ वर्षका लागि र मुख्यमन्त्रीले २ जना २ वर्षका लागि पाउने व्यवस्था गरिएको छ ।

कसलाई कति सुरक्षाकर्मी ? 

राष्ट्रपति – ३०६

प्रधानमन्त्री – ३०२

उपराष्ट्रपति – ९१

गृहमन्त्री – ३०

पूर्वराष्ट्रपति – २३

पूर्वराजा – १८

पूर्वप्रधानमन्त्री – १८

प्रधानन्यायाधीश – १७

सभामुख – १७

राष्ट्रिय सभा अध्यक्ष – १७

प्रदेश प्रमुख – १५

रक्षामन्त्री – १५

उपप्रधानमन्त्री – १४

पूर्वउपराष्ट्रपति – १३

मन्त्री – ८

प्रमुख प्रतिपक्षी नेता – ८

मुख्यमन्त्री – ८

मुख्यसचिव – ८

गृहसचिव – ८

पूर्व प्रधान न्यायाधीश – ८

अख्तियारका पूर्वप्रमुख – ८

उपसभामुख – ७

राष्ट्रिय सभा उपाध्यक्ष – ७

राज्यमन्त्री (संघ) – ७

सहायकमन्त्री (संघ)– ७

प्रदेशसभाका सभामुख – ६

प्रदेशका आन्तरिक मामिला मन्त्री – ६

रक्षा सचिव – ६

प्रजिअ – ६

पूर्व सभामुख – २

पूर्वअध्यक्ष (राष्ट्रिय सभा) – २

पूर्व उपप्रधानमन्त्री – २

पूर्व गृहमन्त्री – २

पूर्व रक्षामन्त्री – २

पूर्वप्रदेश प्रमुख – २

पूर्व मुख्यमन्त्री – २

पूर्वमन्त्री र पूर्वराज्यमन्त्री – १

संवैधानिक निकायका पूर्वप्रमुख – २

पूर्वमहान्यायाधिवक्ता – २

सर्वेच्चका न्यायाधीश र न्यायपरिषद् सदस्य – २

प्रमुख सचेतक (प्रतिनिधिसभा र राष्ट्रिय सभा) – २

प्रदेशसभाका अन्य मन्त्री – २

प्रदेशका उपसभामुख – २

प्रदेशका राज्यमन्त्री – २

प्रदेशका सहायकमन्त्री – २

प्रदेशसभा प्रमुख प्रतिपक्षी दलका नेता – २

संवैधानिक निकायका प्रमुख – २

महान्यायाधिवक्ता – २

संवैधानिक निकायका आयुक्तरसदस्य – २

सर्वोच्चका रजिस्ट्रार र उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीश – २

प्रदेशका प्रमुख सचिव – २

प्रदेशका आन्तरिक मामिला तथा कानून सचिव – २

जिल्ला न्यायाधीश – १
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x