२३ असार २०८३, मंगलबार

मास्क र स्यानिटाइजर प्रयोग गर्न त्रिभुवन विश्वविद्यालयको आग्रह

मास्क र स्यानिटाइजर प्रयोग गर्न त्रिभुवन विश्वविद्यालयको आग्रह

त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको संक्रमण जोखिम बढिरहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ ।

त्रिवि कोभिड रेस्पोन्स समितिका सदस्य सचिव योगेन्द्रप्रसाद दाहालले छिमेकी मुलुक चीन र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएकाले त्रिविअन्तर्गतका विभिन्न निकायमा जनस्वास्थ्यका मापदण्ड प्रयोग गर्न निर्देशन दिएको बताए ।

उनका अनुसार त्रिविका विभिन्न निकायमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न तथा व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह गरिएको छ । 

नेपालमा कोभिड–१९ संक्रमण कम हुँदै गएको छ तर विश्वव्यापी रूपमा छिमेकीलगायत केही देशमा रोगको नयाँ भेरियन्ट बीएफ ७ देखा परेको छ । त्यसैले नेपालमा सचेतना अपनाउनुपर्ने भएकाले त्रिविअन्तर्गतका निकायमा भीडभाड नगर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको त्रिविले जनाएको छ ।

नेपालमा नयाँ भेरियन्टको पुष्टि भएको छैन । छिमेकी मुलुक भारत र चीनमा नयाँ भेरियन्ट देखिएकाले नेपाल उच्च जोखिममा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्