१७ असार २०८३, बुधबार

प्रधानमन्त्री प्रचण्डलाई बधाई दिन सचिवालयले समय नदिने

प्रधानमन्त्री प्रचण्डलाई बधाई दिन सचिवालयले समय नदिने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई तथा शुभकामना दिन सचिवालयले अब समय उपलब्ध नगराउने भएको छ । प्रधानमन्त्रीको सचिवालयले बिहीबार एक सूचना जारी गर्दै बधाई र शुभकामनाका लागि बित्ने समयलाई देश निर्माणका काममा खर्चन उचित हुने धारणा प्रचण्डले व्यक्त गरेकाले सोही अनुसार अघि बढ्न लागेको जनाएको छ । 

‘बधाई र शुभकामनाका लागि बित्ने समयलाई देश निर्माणका काममा खर्चन उचित हुने धारणा व्यक्त गर्नु भएकोले अब उप्रान्त बधाई र शुभकामनाका लागि समय माग नगरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं’, सचिवालयले जनाएको छ । 

सरकारको कामलाई प्रभावकारी बनाउनका लागि दिने सल्लाह सुझाव सचिवालयमार्फत पेश गरिदिन पनि सूचनामार्फत आग्रह गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्