१२ असार २०८३, शुक्रबार

अर्थोपेडिक्स अस्पताललाई कम्बल सहयोग

अर्थोपेडिक्स अस्पताललाई कम्बल सहयोग

जोरपाटीस्थित नेपाल अर्थोपेडिक्स अस्पताललाई कम्बल सहयोग गरिएको छ । डा. राजेश राजभण्डारी र होप वल्डवाइडले अस्पतालका कामु निर्देशक डा. कैलाश भण्डारीलाई ५० थान कम्बल सहयोगस्वरुप हस्तान्तरण गरे ।  

अस्पतालमा उपचार गर्न आउने गरिब तथा विपन्न बिरामीका लागि उक्त कम्बल प्रयोग गरिने अस्पतालले जनाएको छ । नेपाल अर्थोपेडिक्स अस्पताल गैरनाफामूलक अस्पताल हो । यो अस्पताल सन् १९९८ मा खगेन्द्र नवजीवन केन्द्र र रोटरी इन्टरनेशनलले च्यारिटेबल भेन्चर्सका रुपमा स्थापना गरिएको थियो । अस्पतालले ट्रमा र अर्थोका सुपरस्पेसियालिटी सेवा प्रदान गर्दैआएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्