
काठमाडौं, ३२ साउन – चलचित्र पत्रकार संघको आयोजनामा चलचित्र पत्रकारले रक्तदान गरेका छन् । संघको पहलमा गरिएको र क्तदान कार्यक्रममा असी जनाले रक्तदान गरेको संघका अध्यक्ष सन्दीप सापकोटाले जानकारी दिएका छन् ।
‘हामीले बाढीपीडितको सहयोगार्थ कार्यक्रम गरेका हौं ।’, अध्यक्ष सापकोटाले भने । अनामनगरको गोर्खाचोकमा भएको कार्यक्रममा ४५ जना भने रक्तदानका लागि अयोग्य ठहरिएका थिए । कार्यक्रममा दुई सयभन्दा धेरैको सहभागिता रहेको थियो ।
साथै कार्यक्रमलाई सघाउने उद्देश्यले गोपीकृष्ण टिभी फिल्मीले दश हजार सहयोग प्रदान गरेको छ । संघले आगामी दिनमा पनि यस्तै सामाजिक कार्य गर्ने लक्ष्य राखेको जनाएको छ ।