०२ साउन २०८३, शनिबार

निर्मला हत्याकाण्डको फेरि अनुसन्धान हुने, बन्यो डीआईजीको नेतृत्वमा समिति

निर्मला हत्याकाण्डको फेरि अनुसन्धान हुने, बन्यो डीआईजीको नेतृत्वमा समिति

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणको अनुसन्धान फेरि हुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री भएर आएपछि सो घटनाको फेरि अनुसन्धान गर्न डीआईजी दुर्गा सिंहको नेतृत्वमा समिति गठन गरिएको हो । 

समितिमा सीआईबीका एसपी कमल थापा र मनोचिकित्सक डा. राजेश दत्त  सदस्य रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । २०७५ साउन १० मा कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित उल्टाखामकी निर्मलाको बलात्कार हत्या भएको थियो । निर्मला हत्या प्रकरणको लामो अनुसन्धान भएपनि हालसम्म वास्तविकता पत्ता लाग्न सकेको छैन । 

लामिछानेले पदभार ग्रहण गरेपछि निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने पहिलो निर्णय गरेका थिए । सोही अनुसार समिति बनेको बताइएको छ ।  निर्मलाको हत्यामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउन निरन्तर माग हुँदै आएको छ  । 

salt training

कमेन्ट गर्नुहोस्