१० साउन २०८३, आइतबार

निजगढ विमानस्थल निर्माणमा राज्यकै अवरोध : नेता भट्टराई

निजगढ विमानस्थल निर्माणमा राज्यकै अवरोध : नेता भट्टराई

नेकपा (एमाले) का सांसद तथा पूर्व पर्यटनमन्त्री योगेशकुमार भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्यकै निकायहरूले अवरोध गरेको बताएका छन् । शुक्रवार काठमाडौंमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको ‘एभिएशन मिट २०२२’ कार्यक्रममा  पूर्वमन्त्री भट्टराईले त्यस्तो बताए । 

राज्यकै निकायले निजगढजस्तो विमानस्थल आयोजनालाई रोक्नु दुःखद् रहेको उनले बताए । भट्टराईले राज्यका कतिपय निकायले विमानस्थलको विषयमा बुझ्न नसकेको बताए । वातावरण सम्बन्धी चासो भएको निकायले अर्काको क्षेत्रमा हस्तक्षेप गरिरहेको उनले टिप्पणी गरे । निजगढ आयोजनामा अवरोध गर्नु भनेको विकासमा अवरोध खडा गर्नुभएको उनले उल्लेख गरे । राज्य संयन्त्रले जसले जे काम गर्नुपर्ने हो, त्यो काम नगरेको आरोप लगाए । 

त्यस्तै, पूर्व पर्यटनमन्त्री जितेन्द्रनारायण देवले हवाई यात्रुहरुलाई बाहिर राखेर हवाई नीति बनाएर कार्यान्वयनमा लगियो भने नेपालको हवाई उडान क्षेत्र समस्यामा पर्नसक्ने बताए । सरकारले नेपालको हवाई उडान क्षेत्रलाई नीतिगत रुपमा अगाडि बढाउँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा आकर्षण गर्न सक्नुपर्ने बताए । हवाई उडान क्षेत्रलाई नेपालको जीडीपी र अर्थतन्त्रमा ठूलो योगदान गर्ने उद्योगको रुपमा बुझ्न नसकिएको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्