१६ असार २०८३, मंगलबार

आजको मौसम : पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

आजको मौसम : पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

आगामी २४ घण्टामा प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा मौसम बदली भई एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । केही स्थानमा हल्का हिमपात हुने र तराईमा बाकलो कुहिरो हुस्सु लाग्ने जनाएको छ ।

हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाउँदै विभागले चिसो क्रमिक रुपले बढ्दैगएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार आज शनिबार प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी भूभागमा मौसम सफा रहने छ ।

त्यस्तै, भोलि आइतबार दिउँसो देशभरका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र उच्च पहाडी भूभागमा हिमपात हुनेछ । तराईका जिल्लामा हुस्सु र कुहिरोले जनजीवन प्रभावित हुने विभागले जनाएको छ ।

सोहीअनुसार पुस १८ गते सोमबार प्रदेश १ को पहाडी भूभागको एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । विभागका अनुसार सोही दिन गण्डकी र कर्णाली प्रदेशको हिमाली भागमा हल्का हिमपात हुनेछ ।

उच्च पहाडी भूभागमा हुने सामान्य बदली र हल्का हिमपात तथा तराईमा लाग्ने हुस्सु र कुहिरोले जाडो झन बढ्ने हुनाले न्यानो वातावरण बनाउनमा ध्यान दिन विभागले सर्वसाधारण सबैमा आग्रह गरेको छ । तापक्रम क्रमिक रुपमा घटिरहेको र अझै केही दिन त्यो प्रक्रिया जारी रहने विभागको भनाइ छ ।   

salt training

कमेन्ट गर्नुहोस्