२१ जेठ २०८३, बिहीबार

मेन्छियाम हाइड्रोपावरको उत्पादन शुरू

मेन्छियाम हाइड्रोपावरको उत्पादन शुरू
प्रतिकात्मक तस्वीर

संखुवासभाको पिलुवाखोलामा निर्माण भएको मेन्छियाम हाइड्रोपावरले (४ दशमलव ७२ मेगावाट) विद्युत् उत्पादन शुरू गरेको छ ।

पूर्व राज्यमन्त्री दीपक खड्काको सक्रियतामा संखुवासभाको चैनपुर नगरपालिकास्थित पिलुवाखोलामा १ अर्ब ३१ करोड रुपैयाँ लगानीमा निर्माण भएको हाइड्रोपावरले विद्युत् उत्पादन शुरू गरेको हो । 

उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । जलविद्युत् आयोजनाको शुभारम्भ भने हाइड्रोपावरका अध्यक्ष खड्का र उद्योगपति विनोद चौधरीले पुस १३ गते संखुवासभामा गरिसकेका छन् ।

हाइड्रोपावर सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता खड्काले कोरोना महामारीका कारण हाइड्रोपावर निर्माणमा केही ढिला भएको बताए । उनले ६ वर्ष लगाएर हाइड्रोपावर सम्पन्न गरेको जानकारी दिए ।

‘स्थानीयलाई पहिलो प्राथमिकतामा राखेर शेयर निष्कासन गर्ने तयारीमा जुटेका छौं,’ उनले भने । 

इन्जिनीयर विकल थापाले जलविद्युत् आयोजनाको ५ दशमलव २ मेघावाट उत्पादन गर्नसक्ने क्षमता रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्