०५ साउन २०८३, मंगलबार

नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढ्यो : बालकृष्ण खाँण

नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढ्यो : बालकृष्ण खाँण
फाइल फोटो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणले नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढेको दाबी गरेका छन् ।

कांग्रेसकै सरकार गठनको चरणमा रहँदा अन्तर्राष्ट्रिय प्रभावले आफूहरूलाई प्रतिकूलतामा पुर्‍याएको दाबी गरे  । ४६औं राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा बुटवलमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाँणले पार्टीलाई एउटा सुदृढ र सक्षम राजनीतिक शक्तिमा कसरी रूपान्तरण गर्ने दायित्व रहेको धारणा राखे ।

‘सरकारमा नहुँदैमा आत्तिनु हुँदैन, करेक्सन गर्नुपर्छ, नीति र सिद्धान्तमा केही कमी छैन, रणनीतिगत हिसाबले कहाँनिर चुक्यौं, समीक्षा गर्न भने जरुरी छ,’ उनने भने ।

नेपाली कांग्रेस राजनीतिक पार्टीको रूपमा मात्रै नभई नेपालको एउटा लोकतान्त्रिक शक्तिको रूपमा यसको भूमिका रहेको उनको धारणा छ ।

उनले भने, ‘कांग्रेसले केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार सञ्चालन गर्न कोसिस भने गर्ने र सत्तामा जान पहुँच स्थापित गर्ने काम त जारी नै राख्छ नि !’ कांग्रेस मूलभूत सिद्धान्त, नीति, रणनीति, दृष्टिकोणका साथमा सरकार सञ्चालन गर्ने रणनीतिमा लागि नैै रहने खाँणको दाबी छ ।

salt training

कमेन्ट गर्नुहोस्