नेपाल ज्योतिष परिषद् सुर्खेतको नयाँ कार्यसमिति अध्यक्षमा ज्योतिष पण्डित यामप्रसाद अधिकारी चयन भएका छन् । परिषद् जिल्ला कार्यसमिति सुर्खेतको आज सम्पन्न दोस्रो अधिवेशनले १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विकास पौडेल, उपाध्यक्षमा शोभाखर अधिकारी, सचिवमा खगेन्द्र अधिकारी, सहसचिवमा आनन्द खनाल र कोषाध्यक्षमा हरिशङ्कर उपाध्याय चयन भएका छन् ।
सदस्यहरुमा थानेश्वर रिजाल, टीकाराम लामिछाने, मणिराम अधिकारी, राधिका उपाध्याय, नारायण पोखरेल र रत्नप्रसाद उपाध्याय चयन भएका छन्। बाँकी सदस्यहरु पछि मनोनित गरिने छ । नवनिर्वाचित कार्यसमितिले पुस २४ गते नेपाल ज्योतिष परिषद्को रजत जयन्ती विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । रासस