१३ असार २०८३, शनिबार

बाढी पीडितलाई ग्याससहितको सिलिन्डर र चुल्हो

कात्तिक २०, २०७४
बाढी पीडितलाई ग्याससहितको सिलिन्डर र चुल्हो

पोखरा, ३२ साउन - कास्कीको माछापुच्छ्रे गाउँपालिका–५, रिभान पात्लेका बाढी पीडितलाई आज ग्याससहितको सिलिण्डर र चुल्हो वितरण गरिएको छ ।

       रोटरी क्लव अफ न्युरोडले बाढीवाट पीडित १३ घर परिवारलाई एक एकवटा ग्यास सिलिण्डर र चुल्हो वितरण गरेको वडाध्यक्ष जुमबहादुर गुरुङले जानकारी दिनुभयो ।

       कास्कीका प्रमुख जिल्ला अधिकारी ताराप्रसाद अधिकारी, संस्थाका अध्यक्ष प्रेमप्रसाद शर्मा, वडाध्यक्ष गुरुङलगायतले करिब रु ७१ हजार बराबरको राहत वितरण गर्नुभएको थियो ।

       बाढी पीडित परिवारलाई एसओएस वहिनी संस्थालगायतले  ४४ बण्डल कर्कटपाता वितरण गरेका छन् । त्यस्तै, खाद्यान्न, लत्ता कपडा, भाडावर्तन पनि बाढी पीडितलाई वितरण गरिएको छ ।

       यही साउन २४ गते राति  हुम्दी खहरे खोलामा आएको बाढी पात्लेगाउँमा पसेर १३ वटा घरलाई पूर्ण क्षति पु¥याएको थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्