१० असार २०८३, बुधबार

एमालेले संसद् अवरोध नगर्ने

कात्तिक २०, २०७४
एमालेले संसद् अवरोध नगर्ने
काठमाडौँ, १ भदौ - संविधान संशोधनको प्रस्तावलाई व्यवस्थापिका संसद्मा प्रस्तुत गर्ने सर्वदलीय सहमति भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति भएलगत्तै संशोधन प्रस्ताव संसद्मा प्रस्तुत भएको छ, आजको गोरखापत्रमा खबर छ ।all party meeting

बैठकमा नेकपा एमालेले सदनमा संशोधन प्रस्ताव प्रस्तुत गर्दा कुनै बाधा अवरोध नगर्ने सहमति गरेको थियो । बैठकमा सहभागी नेताहरू दिएको जानकारीअनुसार एमालेले प्रस्तावको पक्ष वा विपक्ष कहाँ मत दिने भने यकिन गरेको छैन ।
बैठकमा प्रधानमन्त्री देउवाले बाढीपीडितको उद्धार र राहत, संविधान संशोधनका साथै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा दलहरूको रायसुझाव माग्नुभएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकमा काँग्रेस, एमाले र माआवादी (केन्द्र) एकै चरणमा चुनाव गर्न सहमत भएका थिए ।
सहमतिअनुसार आगामी मङ्सिरभित्र प्रदेश र प्रतिनिधिसभा निर्वाचन एकै चरणमा गर्न निर्वाचन आयोगसँग परामर्श, आवश्यक ऐनकानुनका निर्माण गरिनेछ । बैठकमा बाढीपीडितको राहत र उद्धारको विषयलाई लिएर सबैभन्दा धेरै छलफल भएको थियो । राहत र उद्धारको कार्यलाई तीव्रता दिन सरकारलाई नेताहरूले सुझाव दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्