२९ जेठ २०८३, शुक्रबार

अमेरिकामा देखियो कोरोनाको नयाँ भेरिएन्ट, १०४ गुणा बढी संक्रामक भएको दाबी

पुस १९, २०७९
अमेरिकामा देखियो कोरोनाको नयाँ भेरिएन्ट, १०४ गुणा बढी संक्रामक भएको दाबी

अमेरिकामा कोरोनाभाइरसको नयाँ सबभेरिएन्ट एक्सबीबी.१.५ फेला परेको छ । 

यो निकै संक्रामक भेरिएन्ट भएको बताइएको छ । यसको संक्रमण गति पहिलेका भेरिएन्टहरूभन्दा १०४ गुणा बढी भएको बताइएको छ । 

कोरोनाका दुईवटा भेरिएन्टहरू फेरि मिसिएपछि यो सबभेरिएन्ट बनेको हो । 

बीजे१ र बीएम१.१.१ नाम गरेका दुई भेरिएन्टको जेनेटिक मटेरियल मिलेपछि यो एक्सबीबी भेरिएन्ट उत्पत्ति भएको हो । त्यही एक्सबीबी भेरिएन्ट म्युटेट अर्थात् रूप परिवर्तन भएपछि एक्सबीबी१ बन्यो । 

अनि त्यसमा जी२५०२भी म्युटेसन हुँदा एक्सबीबी.१.५ भेरिएन्ट बन्यो । 

यस भेरिएन्टले मानव शरीरको कोशिकाका प्रोटीनलाई असर गर्छ । यो भाइरसको कोशिकासँग टाँसिने क्षमता अन्य भेरिएन्टको भन्दा बढी छ । त्यसैले धेरै मानिस यसबाट संक्रमित हुने जोखिम छ । 

यसले छातीको माथिल्लो भागलाई बढी असर गर्ने चिकित्सकहरू बताउँछन् । तर डेल्टा जस्तो गरी यसले सिधै फोक्सोमा असर गर्दैन । 

यसले शरीरमा खोप तथा प्राकृतिक तरिकाले बनेको एन्टीबडीलाई असरहीन बनाएर संक्रमण फैलाउँछ । यो संक्रमण अहिलेसम्मका भेरिएन्टको तुलनामा १०४ गुणा छिटो फैलिन्छ । यसबाट बच्ने खोप वा इम्युनिटी अहिलेसम्म तयार भएको छैन । 

संसारमा अहिलेसम्म बनेका खोपहरूसँग यस भेरिएन्टबाट बचाउने क्षमता ३० देखि ४० प्रतिशत मात्र छ । धेरैजसो खोप कोरोनाको अल्फा भेरिएन्टबाट बचाउनका लागि बनाइएका थिए । तर कोरोनाले आफ्नो रूप कैयौंपटक बदलिसकेको छ । 

केही खोपहरू बीए५ सबभेरिएन्टबाट बच्नका लागि बनाइएको हो । तर नयाँ नयाँ भेरिएन्ट आइरहेकाले खोपको सुरक्षा क्षमता घट्दो छ ।

salt training

कमेन्ट गर्नुहोस्