२३ असार २०८३, मंगलबार

जेलमा आक्रमण गरी १४ जनाको हत्या

पुस १९, २०७९
जेलमा आक्रमण गरी १४ जनाको हत्या
प्रतिकात्मक तस्वीर

बन्दीहरू राखिएको जेलमा अज्ञात व्यक्तिहरुले आक्रमण गर्दा त्यसमा परी कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ ।

सोमवार मेक्सिकोको उत्तरी सिउदाद जाउर्ज सहरमा रहेको सो जेलमा बन्दुकधारीहरूले हमला गरेका थिए । सो हमलामा परेर जेलका १० जना सुरक्षाकर्मी र अरु ४ जना बन्दीको ज्यान गएका हुन् ।

मेक्सिकोको चिउनाहु प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले जेलमा केही बन्दुकधारीहरूले जेलका सुरक्षाकर्मीमाथि अन्धाधुन्ध गोली हानेका थिए ।

जेलका अधिकारीहरूका अनुसार उनीहरू बिहानको समयमा ठूलो संख्यामा आएका थिए र अकस्मात गोली चलाएका थिए ।

आक्रमणमा परेर अरु १३ जना घाइते भएका छन् । उनीहरूलाई अस्पताल पुर्‍याइएको छ ।

आक्रमणको समय पारेर सो जेलमा रहेका २४ जना बन्दी भागेका छन् । उनीहरूलाई प्रहरीले खोजी गरेको तर भेटाएको छैन ।

त्यस क्रममा २ जना बन्दुकधारी पनि मारिएका बताइएको छ । जेलका अधिकारीहरूले सो जेलमा रहेका आफ्नो समूहका व्यक्तिलाई छुटाउनका लागि बन्दुकधारीले हमला गरेका अनुमान गरिएको बताएका छन् ।

अहिले जेलमा थप सुरक्षाकर्मीहरुलाई राखेर सुरक्षा दिइएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्