०४ साउन २०८३, सोमबार

सांसदहरू प्रेम आले र माया राईले लिए शपथ

सांसदहरू प्रेम आले र माया राईले लिए शपथ

प्रतिनिधिसभा सदस्यहरू प्रेम आले र माया राईले मंगलवार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । यसअघि प्रतिनिधिसभामा शपथ ग्रहण गर्न छुटेका उनीहरूले आज (मंगलवार) पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । 

उनीहरूलाई प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपतिशमसेर राणाले शपथ गराएका थिए । सिंहदरबारस्थित संघीय संसद् सचिवालय, कानून समितिको हलमा राणाले सांसदद्वयलाई शपथ गराएका थिए । 

यसअघि पुस ७ गते भएको शपथ ग्रहण कार्यक्रममा आले मृत्युसंस्कारमा बसिरहेका थिए भने राई भने सुत्केरी भएका कारण अनुपस्थित रहेका थिए । आले नेकपा एकीकृत समाजवादी पार्टीबाट प्रत्यक्षतर्फ निर्वाचित सांसद हुन् भने राई नेपाली कांग्रेसबाट समानुपातिकतर्फ निर्वाचित सांसद हुन् । 

salt training

कमेन्ट गर्नुहोस्