२६ जेठ २०८३, मंगलबार

राज्यका सबै निकायले भ्रष्टाचारी संस्कार सिकिसके : ओनसरी घर्ती

राज्यका सबै निकायले भ्रष्टाचारी संस्कार सिकिसके : ओनसरी घर्ती

नेकपा (माओवादी केन्द्र) की नेतृ एवं प्रतिनिधिसभाकी पूर्वसभामुख ओनसरी घर्तीले संघीय कानून निर्माण हुन नसक्दा प्रदेश र स्थानीय सरकारलाई समस्या परिरहेको बताएकी छन् । कानून निर्माणमा पहिलो प्राथमिकतामा हुनुपर्ने उनको भनाइ छ । 

मंगलवार स्पिकर्स फोरम नेपालले काठमाडौंमा आयोजना गरेको प्रदेशसभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएकी हुन् । नेतृ घर्तीले संघीय शासनप्रणालीको दोस्रो कार्यकाल शुरू भइसक्दासमेत संघमा आवश्यक कानून निर्माण हुन नसकेकाले आम सर्वसाधारणलेसमेत समस्या व्यहोरिरहेको बताइन् । उनले संघीय कानून बनिसकेपछि मात्रै प्रदेशसभाको प्रभावकारिता बढ्ने बताइन् । 

पूर्वसभामुख घर्तीले जनताले आफ्ना जनप्रतिनिधिहरूले संसदमा गरिरहेका कार्यहरू हेर्न पाउनुपर्ने बताइन् । उनले जनता र जनप्रतिनिधिबीचको सम्बन्ध ५ वर्षमा भोट माग्न जानेकुरामा मात्रै सीमित हुननहुने बताइन् । उनले संसदमा जनगुनासाहरूको सम्बोधन हुनुपर्ने पनि बताइन् । उनले जनप्रतिनिधिहरूले पद पाएपछि जनतासँग गरेका वाचाहरु भुल्नसक्ने भन्दै जनताले आफ्ना जनप्रतिनिधिहरूलाई झक्झकाइरहनुपर्ने बताइन् । 

पूर्वसभामुख घर्तीले नेपालमा सुशासनको समस्या बढिरहेको बताइन् । उनले जनताले गर्नै नसकिने काम गर्न नलगाएको भन्दै जनताले चाहेका काम सांसदले पूरा गर्नुपर्ने बताइन् । उनले जनताको काम गर्न र संसदका गतिविधिहरूलाई पारदर्शी बनाउन संघ र प्रदेशले प्रभावकारी भूमिका खेल्नुपर्ने बताइन् । उनले पछिल्लो समय भ्रष्टाचार बढिरहेको भन्दै सरकारको हरेक निकायहरूले भ्रष्टाचारी संस्कार सिकिसकेको उल्लेख गरिन् । 

उनले भ्रष्टाचार नियन्त्रणका लागि नयाँ सांसदहरुलाई ठूलो चुनौती रहेको बताउँदै नेपालमा भएको पैसा पनि खर्च हुन नसकेको गुनासो गरिन् । 
 

salt training

कमेन्ट गर्नुहोस्