२४ जेठ २०८३, आइतबार

श्रीलंकाको अर्थतन्त्रमा क्रमिक सुधार, फस्टाउँदै पर्यटन

पुस १९, २०७९
श्रीलंकाको अर्थतन्त्रमा क्रमिक सुधार, फस्टाउँदै पर्यटन
प्रतिकात्मक तस्वीर

आर्थिक अनुशासन कायम गर्न नसक्दा टाँट पल्टिएको श्रीलंकाको अर्थतन्त्रमा पर्यटन क्षेत्रले उल्लेख्य योगदान गरेको छ । ७ लाखभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटकले टापु राष्ट्रको भ्रमण गरेका छन् । 

विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत पर्यटन क्षेत्रमा भएको यो सुधार अघिल्लो महिनाको तुलनामा अधिक भएको पर्यटन विकास प्राधिकरणले बताएको छ । गत महिना ९२ हजार पर्यटकले श्रीलंका भ्रमण गरेका थिए भने सन् २०२२ मा ६ लाख ७८ हजार ३९२ जना आमोदप्रमोदका निम्ति आएका थिए ।  

कोभिड–१९ महामारीसँगै आर्थिक एवं राजनीतिक संकटले जकडिएको देशको अर्थतन्त्रलाई उजिल्याउन गठित वर्तमान सरकारले आगामी वर्ष १५ लाख र अर्को वर्ष ३० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको प्राधिकरणले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्