
गायक सुनिल गिरीको पछिल्लो गीत ‘जुम्ला’ले युट्युबमा राम्रो भ्युज पाएको छ ।
‘को होला त्यो’ फ्रेम्ड गायक सुनिलको पछिल्लो गीतले २२ लाख बढी भ्युज पाइसकेको छ ।
११ दिनअघि सार्वजनिक गीतको भिडियोमा चर्चित टिकटकर पवित्रा साँकी (मिस पबि) र रोशन केसीको अभिनय छ ।
भिडियोले मंगलवार रातीसम्म युट्युबमा २२ लाख ८० हजार बढी भ्युज पाएको हो ।
दैनिक सरदरमा २ लाखका दरले गीतको भ्युज बढिरहेको छ ।
सार्वजनिक भएको अर्को दिनदेखि युट्युबमा ट्रेन्डिङमा देखिएको गीत यतिबेला ट्रेन्डिङ नम्बर ४ मा छ ।
यूएई र कतारमा समेत यस गीत युट्युबको संगीततर्फ ट्रेन्डिङमा पर्न सफल भएको छ । आफूहरूले पाएको माया र सपोर्टका लागि सर्जक एवं गायक गिरीले स्रोता एवं दर्शकलाई धन्यवाद दिएका छन् ।
जुम्लामै खिचिएको म्युजिक भिडियोलाई शिशिर खातीले निर्देशन गरेका हुन् ।
विवेक विकको छायाँकन रहेको भिडियो मनोज कार्कीको सम्पादनपछि सार्वजनिक गरिएको थियो ।