२५ असार २०८३, बिहीबार

धुँवा फाल्ने १४ सवारी साधनका चालक कारवाहीमा

धुँवा फाल्ने १४ सवारी साधनका चालक कारवाहीमा

काठमाडौंको कलंकी चोकमा गरिएको ट्राफिक प्रहरीको विशेष चेकजाँचका क्रममा मापदण्डभन्दा बढी धुँवा फाली वातावरण प्रदूषित गराउने १४ सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । 

मंगलबार गरिएको सवारी साधन चेकजाँचमा मापदण्डभन्दा बढी धुँवा फाल्ने सवारी साधनका चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरी कार्यालय बबरमहलबाट खटिएको प्रहरी टोलीले कलंकीमा ४३ सवारी साधनलाई चेकजाँच गर्दा १४ वटाले अत्यधिक कालो धुँवा फालेको पाइएको ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार मापदण्डविपरित कालो धुँवा फाल्ने सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिई कानुनअनुसार कारवाही गरेको हो । मापदण्ड विपरित धुँवा फाली वातावरण प्रदूषित गर्ने गाडीलाई मर्मत गरेमात्र आवश्यक कागजात फिर्ता दिने उनले बताए । 

अत्यधिक धुँवा फाल्ने सवारी साधन चलाउँदा वायु प्रदुषण हुनुका साथै दुर्घटनाको जोखिम समेत हुने प्रहरीको भनाइ छ । गाडीको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थाको सवारी साधनमात्र चलाउन प्रहरीले चालकसँग आग्रह गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्