२७ जेठ २०८३, बुधबार

उडिरहेको विमानमा भारतीय यात्रुले रक्सीको मातमा अर्का यात्रुमाथि पिसाब फेरेपछि...

पुस २०, २०७९
उडिरहेको विमानमा भारतीय यात्रुले रक्सीको मातमा अर्का यात्रुमाथि पिसाब फेरेपछि...

भारतको एयर इन्डिया विमानको बिजनेस क्लासमा रक्सी टिल्ल परेका एक यात्रुले महिला सहयात्रीमाथि पिसाब फेरिदिएको घटना सार्वजनिक भएको छ । 

घटना मंसिर १० गते भएको हो तर अहिले आएर मात्र सार्वजनिक भयो । 

विमान अमेरिकाको न्युयोर्कबाट भारतको नयाँ दिल्ली जाँदै गर्दा यो घटना भएको हो । एयर इन्डियाले यस विषयमा प्रहरीसमक्ष उजुरी गरेको त्यहाँका एक अधिकारीले भारतीय समाचार संस्था एएनआईलाई बताए । 

एयर इन्डिया आफैंले यस घटनाको छानबिनका लागि आन्तरिक समिति गठन गरेको थियो । समितिले ती पुरुष यात्रुलाई कहिल्यै पनि एयर इन्डियाको विमान चढ्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । 

घटनालाई एक सरकारी समितिले पनि छानबिन गरिरहेको र त्यसको निर्णय आफूहरूले कुरिरहेको एयर इन्डियाका अधिकारीले बताए । 

भारतको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले एयरलाइनबाट प्रतिवेदन मगाइएको र अपराध गर्नेविरुद्ध कारवाही चलाउने बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्