१२ साउन २०८३, मंगलबार

बुर्किना फासोले गर्‍यो फ्रान्सेली राजदूतलाई निष्काशन

पुस २०, २०७९
बुर्किना फासोले गर्‍यो फ्रान्सेली राजदूतलाई निष्काशन

अफ्रिकी मुलुक बुर्किना फासोले फ्रान्सेली राजदूतलाई देश छोडेर जान निर्देशन दिएको छ । 

सन्् २०२२ को नोभेम्बर महिनामा भएको अशान्तिपछि यो कदम चालिएको हो । त्यतिखेर प्रदर्शनकारीहरूले फ्रान्सेली दूतावासमा आक्रमणको कोशिश गरेका थिए । उनीहरूले देशको सुरक्षा समस्याको कारण फ्रान्स भएको आरोप लगाएका थिए । 

एपी समाचार संस्थासँग कुरा गर्दै सरकारका प्रवक्ता जँ–इम्मानुएल उएड्राओगोले राजदूत लुक हाल्लादेलाई निष्काशन गरिएको जानकारी दिए । तर उनले यसको थप विवरण दिएनन् । 

फ्रान्सेली पत्रिका ल मोँदका अनुसार, बुर्किना फासोको परराष्ट्र मन्त्रालयले पेरिसलाई पत्र पठाएर राजदूत परिवर्तन गर्न अनुरोध गरेको छ । 

हाल्लादेले बुर्किना फासोको शहर कोउदोउगोउमा रहेका फ्रान्सेली नागरिकलाई पत्र लेखेको विषयलाई पनि राजदूत निष्काशनको एक कारण बताइएको छ । उक्त पत्र पछि लीक भएको थियो । 

त्यतिखेर राजदूत हाल्लेदेले फ्रान्सेलीहरूलाई औआगादोउगोउमा राजधानी सार्न भनेका थिए । जिहादीहरूको जोखिम बढेकाले त्यसो गर्न उनले भनेका थिए । 

बुर्किना फासोमा जनवरी २०२२ यता नै दुईपटक कू भइसकेको छ । 

विगत कैयौं महिनादेखि त्यस देशमा फ्रान्सविरोधी भावना चर्किरहेको छ । नोभेम्बर महिनामा प्रदर्शनकारीहरूले औआगादोउगोउमा रहेको फ्रान्सेली दूतावासमा पुगेर राजदूत निष्काशनको माग गरेका थिए । 

उक्त देशमा सैनय उपस्थिति राखेको फ्रान्सले आतंकवादलाई हराउन सफलता नपाएको भन्दै कतिपय अभियन्ताहरूले विरोध गरिरहेका छन् । उनीहरू फ्रान्ससँगको सुरक्षा सम्बन्ध तोडेर रुससँग थप निकट सम्बन्ध कायम गर्न चाहन्छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्