२४ जेठ २०८३, आइतबार

गोकुल बाँस्कोटा भन्छन् – समाजवादीकाले खुरुखुरु एमालेको सदस्यता नवीकरण गरे हुन्छ

गोकुल बाँस्कोटा भन्छन् – समाजवादीकाले खुरुखुरु एमालेको सदस्यता नवीकरण गरे हुन्छ
फाइल फोटो

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेकपा एकीकृत समाजवादीका सदस्यहरूलाई खुरुखुरु एमालेको सदस्यता नवीकरण गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै बाँस्कोटाले लम्बेचौंडे कुरा नगरी खुरुखुरु एमालेमा रहन मन छ भने खुरुखुरु सदस्यता नवीकरण गर्न भनेका हुन् ।

रामकुमारी झाँक्रीले तानेर ल्याउन खोजे व्यर्थैमा कारबाहीमा परिएला भनेर उनले व्यंग्य पनि गरेका छन् । ‘समाजवादीका पार्टी सदस्यले लम्बेचौंडे कुरै गर्नु पर्दैन । जसलाई एमालेमा रहन मन छ, उसले खुरुखुरु सदस्यता नवीकरण गरे भइहाल्छ । अहिलेको परिप्रेक्क्षमा त्यै हो पार्टी एकताको सजिलो विधि । रामकुमारी झाँक्रीले पनि तानेरै ल्याउन चै नखोज्नु नि ! व्यर्थै कारबाहीमा परिएला है,’ बाँस्कोटाले भनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्