
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर सरकारलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।
बुधवार सिंहदरबारमा भएको भेटमा प्रचण्डले अध्यक्ष नेपाललाई विश्वासको मत दिन आग्रह गरेका हुन् ।
प्रचण्डले आफूसँग सल्लाह नै नगरी एमालेसँग मिलेर सरकार बनाएकोप्रति असन्तुष्ट रहेका नेपाललाई प्रचण्डले बुधवार भेटेका हुन् ।